بِسْمِ ٱللَّهِ ٱلرَّحْمَـٰنِ ٱلرَّحِيمِ
لِإِيلَـٰفِ قُرَيْشٍ ﴿١﴾
106:1 १) कुरैशलाई परिचित गर्नुको लागि ।
إِۦلَـٰفِهِمْ رِحْلَةَ ٱلشِّتَآءِ وَٱلصَّيْفِ ﴿٢﴾
106:2 २) उनीहरूलाई जाडो र गर्मीको समयमा यात्रासँग परिचित गराउनको लागि ।
فَلْيَعْبُدُوا۟ رَبَّ هَـٰذَا ٱلْبَيْتِ ﴿٣﴾
106:3 ३) अतः उनीहरूलाई आवश्यक छ कि यसै घरको रबको पूजा गरुन् ।
ٱلَّذِىٓ أَطْعَمَهُم مِّن جُوعٍ وَءَامَنَهُم مِّنْ خَوْفٍۭ ﴿٤﴾
106:4 ४) अतः जसले उनीहरूलाई भोकमा खाना खुवायो र डर र भयबाट अमन चैन प्रदान गर्यो ।