QuranQuiz bySALSABIL STUDIO
Open the appOpen app

سورة النازعات

Surah An-Nazi'at in Nepali

46 ayat · Meccan · Surah 79 of 114

🌐 Translation: नेपाली

Englishالعربية (بلا ترجمة)اردوBahasa IndonesiaBahasa MelayuTürkçeFrançaisDeutschEspañolPortuguêsItalianoNederlandsРусскийفارسیবাংলাहिन्दीSoomaaliKiswahiliHausaShqipBosanskiAzərbaycancaOʻzbekcha中文日本語한국어ภาษาไทยTiếng ViệtTagalogپښتوPolskiSvenskaNorskSuomiČeštinaRomânăБългарскиУкраїнськаעבריתதமிழ்മലയാളംతెలుగుमराठीગુજરાતીनेपालीසිංහලঅসমীয়াسنڌيدریKurdîދިވެހިئۇيغۇرچەአማርኛAfaan OromooYorùbáKinyarwandaBamanankanChiyaoTamaziɣtMëranawТоҷикӣҚазақшаТатарчаភាសាខ្មែរEnglish (Abdel Haleem)

Translation: Ahl Al-Hadith Central Society of Nepal

بِسْمِ ٱللَّهِ ٱلرَّحْمَـٰنِ ٱلرَّحِيمِ

وَٱلنَّـٰزِعَـٰتِ غَرْقًا ﴿١﴾

79:1 १) डुबेर शक्तिले तान्नेहरूको कसम ।

وَٱلنَّـٰشِطَـٰتِ نَشْطًا ﴿٢﴾

79:2 २) गाँठोलाई खोलेर छुटाइदिनेवालाहरूको कसम ।

وَٱلسَّـٰبِحَـٰتِ سَبْحًا ﴿٣﴾

79:3 ३) र तैर्ने फिर्ने वालाहरूको सौगन्ध ।

فَٱلسَّـٰبِقَـٰتِ سَبْقًا ﴿٤﴾

79:4 ४) फेरि दगुरेर अगाडि हिड्ने वालाहरूको सौगन्ध ।

فَٱلْمُدَبِّرَٰتِ أَمْرًا ﴿٥﴾

79:5 ५) फेरि काम सम्पन्न गर्न उपाय गर्नेवालाहरूको सौगन्ध ।

يَوْمَ تَرْجُفُ ٱلرَّاجِفَةُ ﴿٦﴾

79:6 ६) जुन दिन काम्नेवाली कम्ने छिन ।

تَتْبَعُهَا ٱلرَّادِفَةُ ﴿٧﴾

79:7 ७) त्यसको पछि–पछि पछाडि आउनेवाली आउनेछिन् ।

قُلُوبٌ يَوْمَئِذٍ وَاجِفَةٌ ﴿٨﴾

79:8 ८) धेरै मुटुहरू त्यस दिन ढुकुढुक गर्नेछन् ।

أَبْصَـٰرُهَا خَـٰشِعَةٌ ﴿٩﴾

79:9 ९) जसको दृष्टि तल हुनेछन् ।

يَقُولُونَ أَءِنَّا لَمَرْدُودُونَ فِى ٱلْحَافِرَةِ ﴿١٠﴾

79:10 १०) भन्छन् कि के हामी पहिलेको अवस्थामा फर्काइने छौं ?

أَءِذَا كُنَّا عِظَـٰمًا نَّخِرَةً ﴿١١﴾

79:11 ११) के त्यसबेला जब हामी हड्डीमा परिणत भइसक्ने छौं ।

قَالُوا۟ تِلْكَ إِذًا كَرَّةٌ خَاسِرَةٌ ﴿١٢﴾

79:12 १२) भन्दछन कि फेरि यो फर्किनु त नोक्सानी दिनेवाला छ ।

فَإِنَّمَا هِىَ زَجْرَةٌ وَٰحِدَةٌ ﴿١٣﴾

79:13 १३) थाहा हुनु पर्छ त्यो त मात्र एउटा डरलाग्दो डाँट हो ।

فَإِذَا هُم بِٱلسَّاهِرَةِ ﴿١٤﴾

79:14 १४) कि जसको प्रकट हुनासाथै तिनीहरू एकदमै मैदानमा एकत्रित हुनेछन् ।

هَلْ أَتَىٰكَ حَدِيثُ مُوسَىٰٓ ﴿١٥﴾

79:15 १५) के ‘‘मूसा(अलैहिस्सलाम)को’’ सूचना तिमीलाई प्राप्त भएको छ ?

إِذْ نَادَىٰهُ رَبُّهُۥ بِٱلْوَادِ ٱلْمُقَدَّسِ طُوًى ﴿١٦﴾

79:16 १६) जबकि उनीलाई उनको पालनकर्ताले पवित्र मैदान ‘‘तोआ’’ मा बोलायो ।

ٱذْهَبْ إِلَىٰ فِرْعَوْنَ إِنَّهُۥ طَغَىٰ ﴿١٧﴾

79:17 १७) कि तिमी फिरऔनको समक्ष जाऊ, त्यसले आत्याचार गरिराखेकोछ ।

فَقُلْ هَل لَّكَ إِلَىٰٓ أَن تَزَكَّىٰ ﴿١٨﴾

79:18 १८) उसलाई भनकि के तिमी सुर्धन चाहन्छौ ?

وَأَهْدِيَكَ إِلَىٰ رَبِّكَ فَتَخْشَىٰ ﴿١٩﴾

79:19 १९) र यो कि म तेरो पालनकर्ताको बाटो देखाऊँ कि तिमी डरनेगर ।

فَأَرَىٰهُ ٱلْـَٔايَةَ ٱلْكُبْرَىٰ ﴿٢٠﴾

79:20 २०) त्यसपछि उनले उसलाई ठूलो निशानी देखाए ।

فَكَذَّبَ وَعَصَىٰ ﴿٢١﴾

79:21 २१) तर उसले झूठो भन्यो र अवज्ञा गर्यो ।

ثُمَّ أَدْبَرَ يَسْعَىٰ ﴿٢٢﴾

79:22 २२) अनि दगुर्दै फर्किहाल्यो ।

فَحَشَرَ فَنَادَىٰ ﴿٢٣﴾

79:23 २३) फेरि सबलाई एकत्रित गर्यो र पुकार्यो ।

فَقَالَ أَنَا۠ رَبُّكُمُ ٱلْأَعْلَىٰ ﴿٢٤﴾

79:24 २४) अनि भन्यो तिमी सबैको पालनकर्ता म नै हूँ ।

فَأَخَذَهُ ٱللَّهُ نَكَالَ ٱلْـَٔاخِرَةِ وَٱلْأُولَىٰٓ ﴿٢٥﴾

79:25 २५) तब(सबभन्दा उच्च) अल्लाहले पनि परलोक र दुनियाँको सजायमा उसलाई समातिहाल्यो ।

إِنَّ فِى ذَٰلِكَ لَعِبْرَةً لِّمَن يَخْشَىٰٓ ﴿٢٦﴾

79:26 २६) जो अल्लाहसित डर मान्छ, उसको निम्ति यसमा पाठ छ ।

ءَأَنتُمْ أَشَدُّ خَلْقًا أَمِ ٱلسَّمَآءُ ۚ بَنَىٰهَا ﴿٢٧﴾

79:27 २७) तिमीलाई सृष्टि गर्नु धेरै कठिन काम हो कि आकाशलाई ? अल्लाहले(त) उसलाई बनायो ।

رَفَعَ سَمْكَهَا فَسَوَّىٰهَا ﴿٢٨﴾

79:28 २८) त्यसको छतलाई उच्च बनायो, अनि उसलाई बराबर (ठीक–ठीक) गरिदियो ।

وَأَغْطَشَ لَيْلَهَا وَأَخْرَجَ ضُحَىٰهَا ﴿٢٩﴾

79:29 २९) र त्यसको रातीलाई अन्धकारमय बनायो र दिनमा प्रकट गर्यो ।

وَٱلْأَرْضَ بَعْدَ ذَٰلِكَ دَحَىٰهَآ ﴿٣٠﴾

79:30 ३०) र यस पश्चात धरतीलाई समथर गरी विस्तारित गरिदियो ।

أَخْرَجَ مِنْهَا مَآءَهَا وَمَرْعَىٰهَا ﴿٣١﴾

79:31 ३१) यसबाट पानी र चारा उमार्यो ।

وَٱلْجِبَالَ أَرْسَىٰهَا ﴿٣٢﴾

79:32 ३२) र त्यसमाथि पहाडहरूलाई मजबूतीका साथ स्थापित गरिदियो ।

مَتَـٰعًا لَّكُمْ وَلِأَنْعَـٰمِكُمْ ﴿٣٣﴾

79:33 ३३) यी सबै तिम्रो र तिम्रा चौपायाहरूको फाइदाको निम्ति (छन) ।

فَإِذَا جَآءَتِ ٱلطَّآمَّةُ ٱلْكُبْرَىٰ ﴿٣٤﴾

79:34 ३४) अनि जब त्यो ठूलो विपदा (कयामत) आउनेछ ।

يَوْمَ يَتَذَكَّرُ ٱلْإِنسَـٰنُ مَا سَعَىٰ ﴿٣٥﴾

79:35 ३५) जुनदिन मानिस आफूले गरेको कामलाई सम्झनेछ ।

وَبُرِّزَتِ ٱلْجَحِيمُ لِمَن يَرَىٰ ﴿٣٦﴾

79:36 ३६) र सबै देख्नेवालाहरूको सामु नर्क खोलिदिइनेछ ।

فَأَمَّا مَن طَغَىٰ ﴿٣٧﴾

79:37 ३७) त जसले अटेरी गर्यो ।

وَءَاثَرَ ٱلْحَيَوٰةَ ٱلدُّنْيَا ﴿٣٨﴾

79:38 ३८) र सांसारिक जीवनलाइ प्राथमिकता दियो ।

فَإِنَّ ٱلْجَحِيمَ هِىَ ٱلْمَأْوَىٰ ﴿٣٩﴾

79:39 ३९) त उसको ठेगाना नर्क हुनेछ ।

وَأَمَّا مَنْ خَافَ مَقَامَ رَبِّهِۦ وَنَهَى ٱلنَّفْسَ عَنِ ٱلْهَوَىٰ ﴿٤٠﴾

79:40 ४०) र जो आफ्नो पालनकर्ताको सामु उभिनुबाट डरमान्थ्यो र आफ्नो मनलाई नराम्रो इच्छाबाट रोकेको थियो ।

فَإِنَّ ٱلْجَنَّةَ هِىَ ٱلْمَأْوَىٰ ﴿٤١﴾

79:41 ४१) त त्यसको बासस्थान जन्नत (स्वर्ग) नै हो ।

يَسْـَٔلُونَكَ عَنِ ٱلسَّاعَةِ أَيَّانَ مُرْسَىٰهَا ﴿٤٢﴾

79:42 ४२) मानिसहरूले तिमीसित कयामतको बारेमा सोध्छन् कि त्यो कहिले आउँछ ।

فِيمَ أَنتَ مِن ذِكْرَىٰهَآ ﴿٤٣﴾

79:43 ४३) त्यसको वर्णनसँग तपाईको के सम्बन्ध ?

إِلَىٰ رَبِّكَ مُنتَهَىٰهَآ ﴿٤٤﴾

79:44 ४४) त्यो घटित हुने समयको जानकारी त तपाईको पालनकर्तालाई नै छ ।

إِنَّمَآ أَنتَ مُنذِرُ مَن يَخْشَىٰهَا ﴿٤٥﴾

79:45 ४५) जो व्यक्ति उसित डर मान्छ तपाई त उसैलाई सावधान गर्नेवालासम्म हौ ।

كَأَنَّهُمْ يَوْمَ يَرَوْنَهَا لَمْ يَلْبَثُوٓا۟ إِلَّا عَشِيَّةً أَوْ ضُحَىٰهَا ﴿٤٦﴾

79:46 ४६) जब उनीहरूले उसलाई देख्नेछन्, तब यस्तो ठान्नेछन् कि मानौं संसारमा एक साँझ वा एक बिहानसम्म मात्र बसेका थिए ।

Do you really know Surah An-Nazi'at by heart?

A short test shows exactly where you slip. No sign-up, free.

Start the test

Hear Surah An-Nazi'at from all 90 reciters →