بِسْمِ ٱللَّهِ ٱلرَّحْمَـٰنِ ٱلرَّحِيمِ
إِذَا وَقَعَتِ ٱلْوَاقِعَةُ ﴿١﴾
56:1 १) जब कयामत घटित भइहाल्ने छ ।
لَيْسَ لِوَقْعَتِهَا كَاذِبَةٌ ﴿٢﴾
56:2 २) त्यसको घटित हुने कुरामा केही असत्य छैन ।
خَافِضَةٌ رَّافِعَةٌ ﴿٣﴾
56:3 ३) कसैलाई तल झार्ने, कसैलाई माथि उचाल्ने हुनेछ ।
إِذَا رُجَّتِ ٱلْأَرْضُ رَجًّا ﴿٤﴾
56:4 ४) जब धरती भूकम्पको साथ कम्पित गराइनेछ ।
وَبُسَّتِ ٱلْجِبَالُ بَسًّا ﴿٥﴾
56:5 ५) र पहाडहरू फुटालेर साना–साना कणमा परिणत गराइनेछन् ।
فَكَانَتْ هَبَآءً مُّنۢبَثًّا ﴿٦﴾
56:6 ६) अनि तिनीहरू धुलो जस्तो भई उड्न थाल्नेछन् ।
وَكُنتُمْ أَزْوَٰجًا ثَلَـٰثَةً ﴿٧﴾
56:7 ७) र तिमीहरू तीन समूहमा परिणत हुनेछौ ।
فَأَصْحَـٰبُ ٱلْمَيْمَنَةِ مَآ أَصْحَـٰبُ ٱلْمَيْمَنَةِ ﴿٨﴾
56:8 ८) त दाहिना हातवाला, दाहिना हातवाला कस्तो सौभाग्यशाली छन् ।
وَأَصْحَـٰبُ ٱلْمَشْـَٔمَةِ مَآ أَصْحَـٰبُ ٱلْمَشْـَٔمَةِ ﴿٩﴾
56:9 ९) र बाँया हातवाला अफशोच बाँया हातवालाको कस्तो हालत छ ।
وَٱلسَّـٰبِقُونَ ٱلسَّـٰبِقُونَ ﴿١٠﴾
56:10 १०) र जो अगाडिवाला छन् उनीहरू त अगाडिवाला नै हुन् ।
أُو۟لَـٰٓئِكَ ٱلْمُقَرَّبُونَ ﴿١١﴾
56:11 ११) तिनीहरू बिल्कुल (अल्लाहको) सामिप्यता प्राप्त हुन् ।
فِى جَنَّـٰتِ ٱلنَّعِيمِ ﴿١٢﴾
56:12 १२) अनुकम्पाले भरिएको जन्नतमा छन् ।
ثُلَّةٌ مِّنَ ٱلْأَوَّلِينَ ﴿١٣﴾
56:13 १३) धेरै ठूलो समूह त अघिका मानिसहरूको हुनेछ ।
وَقَلِيلٌ مِّنَ ٱلْـَٔاخِرِينَ ﴿١٤﴾
56:14 १४) र थोरै पछिकाहरूमध्येबाट ।
عَلَىٰ سُرُرٍ مَّوْضُونَةٍ ﴿١٥﴾
56:15 १५) यिनीहरू सुनका तारहरूले बनेका पलंगहरूमाथि ।
مُّتَّكِـِٔينَ عَلَيْهَا مُتَقَـٰبِلِينَ ﴿١٦﴾
56:16 १६) एक अर्काको सामुन्ने तकिया लगाएर बसेका हुनेछन् ।
يَطُوفُ عَلَيْهِمْ وِلْدَٰنٌ مُّخَلَّدُونَ ﴿١٧﴾
56:17 १७) उनको पासमा किशोरहरू जो सधैं (बालक नै रहनेछन्) आउंदैजांदै गर्नेछन् ।
بِأَكْوَابٍ وَأَبَارِيقَ وَكَأْسٍ مِّن مَّعِينٍ ﴿١٨﴾
56:18 १८) अर्थात् प्याला र जगमा स्वादिलो पेयले भरिएको पात्र लिएर हिंडिरहने छन् ।
لَّا يُصَدَّعُونَ عَنْهَا وَلَا يُنزِفُونَ ﴿١٩﴾
56:19 १९) जसबाट न त टाउकोमा दर्द हुनेछ र न उनको बुद्धिमा विकार आउनेछ ।
وَفَـٰكِهَةٍ مِّمَّا يَتَخَيَّرُونَ ﴿٢٠﴾
56:20 २०) र त्यस्ता फलहरूको साथ जुन कि उनले रुचाउँछन् ।
وَلَحْمِ طَيْرٍ مِّمَّا يَشْتَهُونَ ﴿٢١﴾
56:21 २१) र पंक्षीका मासु जुन तिनीहरूले रुचाउँछन् ।
وَحُورٌ عِينٌ ﴿٢٢﴾
56:22 २२) र ठूला–ठूला आँखा भएकी (अप्सरा) हरू,
كَأَمْثَـٰلِ ٱللُّؤْلُؤِ ٱلْمَكْنُونِ ﴿٢٣﴾
56:23 २३) जो लुकेको मोती जस्ती हुनेछिन् ।
جَزَآءًۢ بِمَا كَانُوا۟ يَعْمَلُونَ ﴿٢٤﴾
56:24 २४) यो उनीहरूको कर्मको प्रतिफल हो ।
لَا يَسْمَعُونَ فِيهَا لَغْوًا وَلَا تَأْثِيمًا ﴿٢٥﴾
56:25 २५) त्यहाँ न व्यर्थका कुरा सुन्नेछन् र न गुनाहका ।
إِلَّا قِيلًا سَلَـٰمًا سَلَـٰمًا ﴿٢٦﴾
56:26 २६) उनीहरूको आपसमा सलामको आदान–प्रदान मात्र हुनेछ ।
وَأَصْحَـٰبُ ٱلْيَمِينِ مَآ أَصْحَـٰبُ ٱلْيَمِينِ ﴿٢٧﴾
56:27 २७) र दाहिना हातवालाहरू निकै (भाग्यशाली) हुनेछन् ।
فِى سِدْرٍ مَّخْضُودٍ ﴿٢٨﴾
56:28 २८) उनी काँडा नभएका बयरहरू,
وَطَلْحٍ مَّنضُودٍ ﴿٢٩﴾
56:29 २९) र गुच्छेदार केराहरू,
وَظِلٍّ مَّمْدُودٍ ﴿٣٠﴾
56:30 ३०) र परसम्म फैलिएका छाँयाहरू,
وَمَآءٍ مَّسْكُوبٍ ﴿٣١﴾
56:31 ३१) र पानीका झरनाहरू,
وَفَـٰكِهَةٍ كَثِيرَةٍ ﴿٣٢﴾
56:32 ३२) र प्रशस्त फलहरूमा (हुनेछन्),
لَّا مَقْطُوعَةٍ وَلَا مَمْنُوعَةٍ ﴿٣٣﴾
56:33 ३३) जुन कहिल्यै समाप्त हुने छैनन् र उनीबाट कसैले रोक्नेछैन ।
وَفُرُشٍ مَّرْفُوعَةٍ ﴿٣٤﴾
56:34 ३४) र अग्ला, अग्ला ओछ्यानमा हुनेछन् ।
إِنَّآ أَنشَأْنَـٰهُنَّ إِنشَآءً ﴿٣٥﴾
56:35 ३५) हामीले उनीहरूका स्वास्नीहरूलाई विशेष प्रकारले सृष्टि गरेका छौं ।
فَجَعَلْنَـٰهُنَّ أَبْكَارًا ﴿٣٦﴾
56:36 ३६) अनि उनीहरूलाई हामीले कुमारी (पवित्र) बनायौं ।
عُرُبًا أَتْرَابًا ﴿٣٧﴾
56:37 ३७) समान उमेरकी र मायालु ।
لِّأَصْحَـٰبِ ٱلْيَمِينِ ﴿٣٨﴾
56:38 ३८) दाहिने हातवालाहरूको निम्ति हुन् ।
ثُلَّةٌ مِّنَ ٱلْأَوَّلِينَ ﴿٣٩﴾
56:39 ३९) यिनीहरूमा अघिल्लामध्येका पनि धेरै हुनेछन् ।
وَثُلَّةٌ مِّنَ ٱلْـَٔاخِرِينَ ﴿٤٠﴾
56:40 ४०) र पछिल्लामध्येका पनि धेरै हुनेछन्,
وَأَصْحَـٰبُ ٱلشِّمَالِ مَآ أَصْحَـٰبُ ٱلشِّمَالِ ﴿٤١﴾
56:41 ४१) र बाँया हातवालाहरू, (अफशोच) बाँया हातवाला कस्ता छन् ।
فِى سَمُومٍ وَحَمِيمٍ ﴿٤٢﴾
56:42 ४२) गर्म (तातो) हवा र उम्लिराखेको पानीमा हुनेछन् ।
وَظِلٍّ مِّن يَحْمُومٍ ﴿٤٣﴾
56:43 ४३) र कालो धुवाँको छाँयामा,
لَّا بَارِدٍ وَلَا كَرِيمٍ ﴿٤٤﴾
56:44 ४४) जुन न चिसो छ न रुचाउने योग्य ।
إِنَّهُمْ كَانُوا۟ قَبْلَ ذَٰلِكَ مُتْرَفِينَ ﴿٤٥﴾
56:45 ४५) निःसंदेह उनीहरू यसभन्दा पहिला धेरै सुख सुविधामा थिए ।
وَكَانُوا۟ يُصِرُّونَ عَلَى ٱلْحِنثِ ٱلْعَظِيمِ ﴿٤٦﴾
56:46 ४६) र ठूला–ठूला पापहरू गर्दै बसेका थिए,
وَكَانُوا۟ يَقُولُونَ أَئِذَا مِتْنَا وَكُنَّا تُرَابًا وَعِظَـٰمًا أَءِنَّا لَمَبْعُوثُونَ ﴿٤٧﴾
56:47 ४७) र भन्ने गर्दथे कि के जब हामी मृत भइहाल्ने छौं र माटो र हाड भइहाल्ने छौं, हामी फेरि उठाइने छौं ?
أَوَءَابَآؤُنَا ٱلْأَوَّلُونَ ﴿٤٨﴾
56:48 ४८) र के हाम्रा बाबु बाजे पनि ?
قُلْ إِنَّ ٱلْأَوَّلِينَ وَٱلْـَٔاخِرِينَ ﴿٤٩﴾
56:49 ४९) तपाई भनिदिनुस् कि निःसन्देह पहिला र पछिका,
لَمَجْمُوعُونَ إِلَىٰ مِيقَـٰتِ يَوْمٍ مَّعْلُومٍ ﴿٥٠﴾
56:50 ५०) सबै एउटा निर्धारित दिनको समयमा अवश्य एकत्रित गरिनेछन् ।
ثُمَّ إِنَّكُمْ أَيُّهَا ٱلضَّآلُّونَ ٱلْمُكَذِّبُونَ ﴿٥١﴾
56:51 ५१) अनि तिमी हे असत्य ठहराउनेवाला पथ विचलितहरू,
لَـَٔاكِلُونَ مِن شَجَرٍ مِّن زَقُّومٍ ﴿٥٢﴾
56:52 ५२) थूहर (क्याक्टस) को वृक्ष खानेछौ ।
فَمَالِـُٔونَ مِنْهَا ٱلْبُطُونَ ﴿٥٣﴾
56:53 ५३) र यसैले पेट भर्ने छौ !
فَشَـٰرِبُونَ عَلَيْهِ مِنَ ٱلْحَمِيمِ ﴿٥٤﴾
56:54 ५४) र यसमाथि उम्लिराखेको पानी पिउनेछौ !
فَشَـٰرِبُونَ شُرْبَ ٱلْهِيمِ ﴿٥٥﴾
56:55 ५५) र पिउँदा पनि (यसप्रकार पिउनेछौं जस्तो कि) तिर्खाएको ऊँट जस्तो !
هَـٰذَا نُزُلُهُمْ يَوْمَ ٱلدِّينِ ﴿٥٦﴾
56:56 ५६) कयामतको दिन उनीहरूको सत्कार हो यो !
نَحْنُ خَلَقْنَـٰكُمْ فَلَوْلَا تُصَدِّقُونَ ﴿٥٧﴾
56:57 ५७) हामीले तिमी सबैलाई सृष्टि गरेका हौं, तसर्थ तिमीले किन (सत्य) मान्दैनौ ?
أَفَرَءَيْتُم مَّا تُمْنُونَ ﴿٥٨﴾
56:58 ५८) हेर जुन तिमीले वीर्य (स्वास्नीमा) छाड्छौ !
ءَأَنتُمْ تَخْلُقُونَهُۥٓ أَمْ نَحْنُ ٱلْخَـٰلِقُونَ ﴿٥٩﴾
56:59 ५९) के तिमीले त्यसबाट मानिसको सृष्टि गर्दछौ वा हामीले नै सृष्टि गर्दछौं !
نَحْنُ قَدَّرْنَا بَيْنَكُمُ ٱلْمَوْتَ وَمَا نَحْنُ بِمَسْبُوقِينَ ﴿٦٠﴾
56:60 ६०) हामीले नै तिमीमा मृत्यु निर्धारित गरिदिएका छौं र हामी त्यसबाट हारेका होइनौं ।
عَلَىٰٓ أَن نُّبَدِّلَ أَمْثَـٰلَكُمْ وَنُنشِئَكُمْ فِى مَا لَا تَعْلَمُونَ ﴿٦١﴾
56:61 ६१) कि हामीले तिम्रो ठाउँमा अरु तिमीहरू जस्तालाई पैदा गर्न सक्छौ र तिमीलाई नयाँ रूपमा त्यस संसारमा पैदा गरिदिन्छौं जसको बारेमा तिमलिाई थाहा छैन ।
وَلَقَدْ عَلِمْتُمُ ٱلنَّشْأَةَ ٱلْأُولَىٰ فَلَوْلَا تَذَكَّرُونَ ﴿٦٢﴾
56:62 ६२) तिमीलाई पहिलो पटकको जन्म थाहा छ, अनि तिमीले किन शिक्षा ग्रहण गर्दैनौ ?
أَفَرَءَيْتُم مَّا تَحْرُثُونَ ﴿٦٣﴾
56:63 ६३) अनि यो पनि बताऊ जुन तिमीले उब्जाउँछौ ?
ءَأَنتُمْ تَزْرَعُونَهُۥٓ أَمْ نَحْنُ ٱلزَّٰرِعُونَ ﴿٦٤﴾
56:64 ६४) के तिमीले नै त्यसलाई उब्जाउछौं वा हामी उब्जाउनेवाला हौं ?
لَوْ نَشَآءُ لَجَعَلْنَـٰهُ حُطَـٰمًا فَظَلْتُمْ تَفَكَّهُونَ ﴿٦٥﴾
56:65 ६५) यदि हामीले चाह्यौं भने त्यसलाई भुसा गरिदिन्छौं र तिमी कुरा गर्दै रहनेछौ ।
إِنَّا لَمُغْرَمُونَ ﴿٦٦﴾
56:66 ६६) (कि अफशोच) हामी त सित्तैमा दण्डमा परिहाल्यौं,
بَلْ نَحْنُ مَحْرُومُونَ ﴿٦٧﴾
56:67 ६७) बरु हामी बिल्कुलै वञ्चित रहयौं ।
أَفَرَءَيْتُمُ ٱلْمَآءَ ٱلَّذِى تَشْرَبُونَ ﴿٦٨﴾
56:68 ६८) अनि यो बताऊ तिमीले जुन पानीलाई पिउँछौ ।
ءَأَنتُمْ أَنزَلْتُمُوهُ مِنَ ٱلْمُزْنِ أَمْ نَحْنُ ٱلْمُنزِلُونَ ﴿٦٩﴾
56:69 ६९) उसलाई बादलबाट पनि तिमीले नै बर्साएका हौ वा हामीले बर्साउँछौं ?
لَوْ نَشَآءُ جَعَلْنَـٰهُ أُجَاجًا فَلَوْلَا تَشْكُرُونَ ﴿٧٠﴾
56:70 ७०) यदि हामीले चाह्यौं भने त्यस पानीलाई खारा बनाइदिन्छौं ? अनि तिमीले कृतज्ञता किन प्रकट गर्दैनौ ?
أَفَرَءَيْتُمُ ٱلنَّارَ ٱلَّتِى تُورُونَ ﴿٧١﴾
56:71 ७१) हेर यो पनि बताऊ कि जुन आगो तिमीले सल्काउँछौ,
ءَأَنتُمْ أَنشَأْتُمْ شَجَرَتَهَآ أَمْ نَحْنُ ٱلْمُنشِـُٔونَ ﴿٧٢﴾
56:72 ७२) (के तिमीले) त्यस रुखलाई सृष्टि गर्दछौ वा हामीले त्यसको सृष्टि गरेका छौं ?
نَحْنُ جَعَلْنَـٰهَا تَذْكِرَةً وَمَتَـٰعًا لِّلْمُقْوِينَ ﴿٧٣﴾
56:73 ७३) हामीले उसलाई एउटा उपदेशको माध्यम र यात्रीहरू (र आवश्यक पर्नेहरूका) लागि लाभप्रद बनाएका छौं ।
فَسَبِّحْ بِٱسْمِ رَبِّكَ ٱلْعَظِيمِ ﴿٧٤﴾
56:74 ७४) अतः तिमीले आफ्नो महान् पालनकर्ताको गुणगान गर ।
۞ فَلَآ أُقْسِمُ بِمَوَٰقِعِ ٱلنُّجُومِ ﴿٧٥﴾
56:75 ७५) म खस्ने ताराहरूको कसम खान्छु ।
وَإِنَّهُۥ لَقَسَمٌ لَّوْ تَعْلَمُونَ عَظِيمٌ ﴿٧٦﴾
56:76 ७६) र यदि तिमीले बुझ्छौ भने यो ठूलो कसम हो,
إِنَّهُۥ لَقُرْءَانٌ كَرِيمٌ ﴿٧٧﴾
56:77 ७७) निश्चय नै यो धेरै प्रतिष्ठित कुरआन हो,
فِى كِتَـٰبٍ مَّكْنُونٍ ﴿٧٨﴾
56:78 ७८) जो एउटा सुरक्षित किताबमा अंकित छ ।
لَّا يَمَسُّهُۥٓ إِلَّا ٱلْمُطَهَّرُونَ ﴿٧٩﴾
56:79 ७९) त्यसलाई पवित्र (फरिश्ताहरू) मात्र हात लगाउँछन् ।
تَنزِيلٌ مِّن رَّبِّ ٱلْعَـٰلَمِينَ ﴿٨٠﴾
56:80 ८०) सम्पूर्ण संसारको स्वामीको तर्फबाट अवतरित गरिएको छ ।
أَفَبِهَـٰذَا ٱلْحَدِيثِ أَنتُم مُّدْهِنُونَ ﴿٨١﴾
56:81 ८१) के तिमीले त्यस वाणीलाई साधारण ठान्छौ ?
وَتَجْعَلُونَ رِزْقَكُمْ أَنَّكُمْ تُكَذِّبُونَ ﴿٨٢﴾
56:82 ८२) र आफ्नो भागमा यो लिन्छौ कि यसलाई झूठो ठहराउँदै गर ?
فَلَوْلَآ إِذَا بَلَغَتِ ٱلْحُلْقُومَ ﴿٨٣﴾
56:83 ८३) अनि जब प्राण कण्ठमा आइपुग्दछ,
وَأَنتُمْ حِينَئِذٍ تَنظُرُونَ ﴿٨٤﴾
56:84 ८४) र तिमीले त्यस समय आखाँले हेरिराखेको हुन्छौ,
وَنَحْنُ أَقْرَبُ إِلَيْهِ مِنكُمْ وَلَـٰكِن لَّا تُبْصِرُونَ ﴿٨٥﴾
56:85 ८५) र हामी त्यस बेला तिमीभन्दा धेरै नजिक हुन्छौं तर तिमीले देख्दैनौ ।
فَلَوْلَآ إِن كُنتُمْ غَيْرَ مَدِينِينَ ﴿٨٦﴾
56:86 ८६) अतः यदि तिमी कसैको अधीनमा छैनौ ।
تَرْجِعُونَهَآ إِن كُنتُمْ صَـٰدِقِينَ ﴿٨٧﴾
56:87 ८७) र यस कुरामा यदि साँचो हौ, त यस प्राणलाई किन फर्काउँदैनौ ?
فَأَمَّآ إِن كَانَ مِنَ ٱلْمُقَرَّبِينَ ﴿٨٨﴾
56:88 ८८) अनि यदि कोही (अल्लाहको) दरबारको नजीक गरिएको हुनेछ ।
فَرَوْحٌ وَرَيْحَانٌ وَجَنَّتُ نَعِيمٍ ﴿٨٩﴾
56:89 ८९) भने उसको निम्ति आराम, सुखसामग्री र आरामदायक स्वर्गहरू छन् ।
وَأَمَّآ إِن كَانَ مِنْ أَصْحَـٰبِ ٱلْيَمِينِ ﴿٩٠﴾
56:90 ९०) र जो दाहिने हातावालामध्येको छ,
فَسَلَـٰمٌ لَّكَ مِنْ أَصْحَـٰبِ ٱلْيَمِينِ ﴿٩١﴾
56:91 ९१) तिमीलाई सलाम छ कि तिमी भाग्यशालीमध्येका छौ ।
وَأَمَّآ إِن كَانَ مِنَ ٱلْمُكَذِّبِينَ ٱلضَّآلِّينَ ﴿٩٢﴾
56:92 ९२) तर यदि कोही त्यो झूठा ठहराउने र मार्गबिचलितहरूमध्येको छ,
فَنُزُلٌ مِّنْ حَمِيمٍ ﴿٩٣﴾
56:93 ९३) त उसको लागि उम्लिराखेको पानीको आतिथ्य छ,
وَتَصْلِيَةُ جَحِيمٍ ﴿٩٤﴾
56:94 ९४) र (फेरि) नर्कमा जानु छ ।
إِنَّ هَـٰذَا لَهُوَ حَقُّ ٱلْيَقِينِ ﴿٩٥﴾
56:95 ९५) निःसन्देह यो (खबर) पूरै सत्य हो ।
فَسَبِّحْ بِٱسْمِ رَبِّكَ ٱلْعَظِيمِ ﴿٩٦﴾
56:96 ९६) अतः तिमीले आफ्नो महान् पालनकर्ताको गुणगान गरिराख ।