بِسْمِ ٱللَّهِ ٱلرَّحْمَـٰنِ ٱلرَّحِيمِ
وَٱلْعَـٰدِيَـٰتِ ضَبْحًا ﴿١﴾
100:1 १) ती घोडाहरूको कसम जो तीव्र गतिले हाफ्दै दगुर्छन् ।
فَٱلْمُورِيَـٰتِ قَدْحًا ﴿٢﴾
100:2 २) अनि ढुङ्गामा नालको ठक्करबाट झिल्काहरू निकाल्नेवालाहरूको कसम ।
فَٱلْمُغِيرَٰتِ صُبْحًا ﴿٣﴾
100:3 ३) अनि प्रातःको समय धावा बोल्नेहरूको कसम ।
فَأَثَرْنَ بِهِۦ نَقْعًا ﴿٤﴾
100:4 ४) अनि जो त्यस समयमा धूलकणहरू उडाउँदछन् ।
فَوَسَطْنَ بِهِۦ جَمْعًا ﴿٥﴾
100:5 ५) अनि त्यसबखत सेनाहरूभित्र पसी दिन्छन् ।
إِنَّ ٱلْإِنسَـٰنَ لِرَبِّهِۦ لَكَنُودٌ ﴿٦﴾
100:6 ६) निःसन्देह मानिस आफ्नो पालनकर्ताको बडो अकृतज्ञ छ ।
وَإِنَّهُۥ عَلَىٰ ذَٰلِكَ لَشَهِيدٌ ﴿٧﴾
100:7 ७) र निश्चय नै ऊ स्वयम् पनि यस ऊपर साक्षी छ ।
وَإِنَّهُۥ لِحُبِّ ٱلْخَيْرِ لَشَدِيدٌ ﴿٨﴾
100:8 ८) त्यो धनको मोहमा बडो दृढ छ ।
۞ أَفَلَا يَعْلَمُ إِذَا بُعْثِرَ مَا فِى ٱلْقُبُورِ ﴿٩﴾
100:9 ९) के त्यसले त्यस समयलाई जान्दैन जब चिहानमा जे छन्, उनीहरू बाहिर निकालिनेछन् ।
وَحُصِّلَ مَا فِى ٱلصُّدُورِ ﴿١٠﴾
100:10 १०) र जुन (रहस्य) हृदयहरूमा छन्, ती प्रकट गरिनेछन् ।
إِنَّ رَبَّهُم بِهِمْ يَوْمَئِذٍ لَّخَبِيرٌۢ ﴿١١﴾
100:11 ११) निःसन्देह उनको पालनकर्ताले त्यसदिन उनको अवस्थासँग राम्ररी परिचित हुनेछ ।