بِسْمِ ٱللَّهِ ٱلرَّحْمَـٰنِ ٱلرَّحِيمِ
هَلْ أَتَىٰكَ حَدِيثُ ٱلْغَـٰشِيَةِ ﴿١﴾
88:1 १) के तिमीलाई पनि त्यस घेरीहाल्ने कियामतको समाचार पुगेको छ ?
وُجُوهٌ يَوْمَئِذٍ خَـٰشِعَةٌ ﴿٢﴾
88:2 २) त्यस दिन धेरै अनुहारहरू अपमानित हुनेछन् ।
عَامِلَةٌ نَّاصِبَةٌ ﴿٣﴾
88:3 ३) कठिन परिश्रममा परेका, थाकिएका हुनेछन् ।
تَصْلَىٰ نَارًا حَامِيَةً ﴿٤﴾
88:4 ४) उनी धपधपी बलेको आगोमा प्रवेश गर्नेछन् ।
تُسْقَىٰ مِنْ عَيْنٍ ءَانِيَةٍ ﴿٥﴾
88:5 ५) उनीहरूलाई उम्लिराखेको स्रोतको तातो पानी पिलाइनेछ ।
لَّيْسَ لَهُمْ طَعَامٌ إِلَّا مِن ضَرِيعٍ ﴿٦﴾
88:6 ६) उनीहरूको लागि काँडावाला रुख बाहेक अरु केही खानेकुरा हुनेछैन ।
لَّا يُسْمِنُ وَلَا يُغْنِى مِن جُوعٍ ﴿٧﴾
88:7 ७) जसले न मोटो गर्नेछ न भोक मेटाउनेछ ।
وُجُوهٌ يَوْمَئِذٍ نَّاعِمَةٌ ﴿٨﴾
88:8 ८) त्यसदिन कैयन् अनुहारहरू प्रफुल्लित र संतुष्ट हुनेछन् ।
لِّسَعْيِهَا رَاضِيَةٌ ﴿٩﴾
88:9 ९) आफ्नो प्रयासमा प्रसन्न ।
فِى جَنَّةٍ عَالِيَةٍ ﴿١٠﴾
88:10 १०) उच्च र शानदार स्वर्गमा हुनेछन् ।
لَّا تَسْمَعُ فِيهَا لَـٰغِيَةً ﴿١١﴾
88:11 ११) जसमा कुनै व्यर्थकुरा सुन्ने छैनन् ।
فِيهَا عَيْنٌ جَارِيَةٌ ﴿١٢﴾
88:12 १२) त्यसमा झरनाहरू प्रवाहित हुनेछन् ।
فِيهَا سُرُرٌ مَّرْفُوعَةٌ ﴿١٣﴾
88:13 १३) र अग्ला–अग्ला पलंगहरू हुनेछन् ।
وَأَكْوَابٌ مَّوْضُوعَةٌ ﴿١٤﴾
88:14 १४) प्यालाहरू राम्ररी सजाइएर राखिएका हुनेछन्) ।
وَنَمَارِقُ مَصْفُوفَةٌ ﴿١٥﴾
88:15 १५) र क्रमैसित मसनदहरू सजाइएका हुनेछन् ।
وَزَرَابِىُّ مَبْثُوثَةٌ ﴿١٦﴾
88:16 १६) र मखमली ओच्छ्यानहरू ओछ्याइएका हुनेछन् ।
أَفَلَا يَنظُرُونَ إِلَى ٱلْإِبِلِ كَيْفَ خُلِقَتْ ﴿١٧﴾
88:17 १७) के उनीहरूले ऊँटतिर देख्दैनन् कि तिनीहरू कुन तरिकाले पैदा गरिएका छन् ।
وَإِلَى ٱلسَّمَآءِ كَيْفَ رُفِعَتْ ﴿١٨﴾
88:18 १८) र आकाशतिर के कस्तो उच्च गरिएकोछ ?
وَإِلَى ٱلْجِبَالِ كَيْفَ نُصِبَتْ ﴿١٩﴾
88:19 १९) र पहाडतिर के कुन प्रकारले खडा गरिएकोछ ?
وَإِلَى ٱلْأَرْضِ كَيْفَ سُطِحَتْ ﴿٢٠﴾
88:20 २०) र धरतीतिर कि कसरी बिछाइएको छ?
فَذَكِّرْ إِنَّمَآ أَنتَ مُذَكِّرٌ ﴿٢١﴾
88:21 २१) तसर्थ तपाईले उपदेश गर्ने गर्नुस् किनकि तपाई मात्र उपदेश गर्नेवाला हौ ।
لَّسْتَ عَلَيْهِم بِمُصَيْطِرٍ ﴿٢٢﴾
88:22 २२) तपाई उनीहरूमाथि संरक्षक होइनौ ।
إِلَّا مَن تَوَلَّىٰ وَكَفَرَ ﴿٢٣﴾
88:23 २३) हो, जो विमुख हुन्छ र कुफ्र गर्छ ।
فَيُعَذِّبُهُ ٱللَّهُ ٱلْعَذَابَ ٱلْأَكْبَرَ ﴿٢٤﴾
88:24 २४) त अल्लाहले त्यसलाई ठूलो सजाय दिने छ,
إِنَّ إِلَيْنَآ إِيَابَهُمْ ﴿٢٥﴾
88:25 २५) निःसन्देह उनीहरूलाई हाम्रो पासमा फर्केर आउनुपर्नेछ ।
ثُمَّ إِنَّ عَلَيْنَا حِسَابَهُم ﴿٢٦﴾
88:26 २६) अनि हामीले नै उनको हिसाब लिनेछौं ।