QuranQuiz bySALSABIL STUDIO
Open the appOpen app

سورة التكوير

Surah At-Takwir in Nepali

29 ayat · Meccan · Surah 81 of 114

🌐 Translation: नेपाली

Englishالعربية (بلا ترجمة)اردوBahasa IndonesiaBahasa MelayuTürkçeFrançaisDeutschEspañolPortuguêsItalianoNederlandsРусскийفارسیবাংলাहिन्दीSoomaaliKiswahiliHausaShqipBosanskiAzərbaycancaOʻzbekcha中文日本語한국어ภาษาไทยTiếng ViệtTagalogپښتوPolskiSvenskaNorskSuomiČeštinaRomânăБългарскиУкраїнськаעבריתதமிழ்മലയാളംతెలుగుमराठीગુજરાતીनेपालीසිංහලঅসমীয়াسنڌيدریKurdîދިވެހިئۇيغۇرچەአማርኛAfaan OromooYorùbáKinyarwandaBamanankanChiyaoTamaziɣtMëranawТоҷикӣҚазақшаТатарчаភាសាខ្មែរEnglish (Abdel Haleem)

Translation: Ahl Al-Hadith Central Society of Nepal

بِسْمِ ٱللَّهِ ٱلرَّحْمَـٰنِ ٱلرَّحِيمِ

إِذَا ٱلشَّمْسُ كُوِّرَتْ ﴿١﴾

81:1 १) जब सूर्यलाई बेरिहालिनेछ,

وَإِذَا ٱلنُّجُومُ ٱنكَدَرَتْ ﴿٢﴾

81:2 २) र ताराहरूले आफ्नो चमक गुमाउनेछन् ।

وَإِذَا ٱلْجِبَالُ سُيِّرَتْ ﴿٣﴾

81:3 ३) र जब पहाडहरू चलाइनेछन् ।

وَإِذَا ٱلْعِشَارُ عُطِّلَتْ ﴿٤﴾

81:4 ४) र जब १० महिने गर्भवती ऊँटनीहरू भगाई हालिनेछिन् ।

وَإِذَا ٱلْوُحُوشُ حُشِرَتْ ﴿٥﴾

81:5 ५) र जब जंगली जनावरहरू एकत्रित गरिनेछन ।

وَإِذَا ٱلْبِحَارُ سُجِّرَتْ ﴿٦﴾

81:6 ६) र जब समुन्द्रहरू उत्तेजित गरिनेछन् ।

وَإِذَا ٱلنُّفُوسُ زُوِّجَتْ ﴿٧﴾

81:7 ७) जब आत्माहरू (शरीरसँग) मिलाइनेछन् ।

وَإِذَا ٱلْمَوْءُۥدَةُ سُئِلَتْ ﴿٨﴾

81:8 ८) र जब जिउँदै गाडिएको केटीसंग सोधिनेछ, ।

بِأَىِّ ذَنۢبٍ قُتِلَتْ ﴿٩﴾

81:9 ९) कि कुन पापको कारण उसलाई मारिएको थियो ।

وَإِذَا ٱلصُّحُفُ نُشِرَتْ ﴿١٠﴾

81:10 १०) र जब कर्मपत्र खोलिनेछन् ।

وَإِذَا ٱلسَّمَآءُ كُشِطَتْ ﴿١١﴾

81:11 ११) र जब आकाशको छाला उघारिनेछ ।

وَإِذَا ٱلْجَحِيمُ سُعِّرَتْ ﴿١٢﴾

81:12 १२) र जब नर्कको आगो प्रज्जवलित गरिनेछ ।

وَإِذَا ٱلْجَنَّةُ أُزْلِفَتْ ﴿١٣﴾

81:13 १३) र जब बहिश्त (स्वर्ग) नजिक ल्याइनेछ ।

عَلِمَتْ نَفْسٌ مَّآ أَحْضَرَتْ ﴿١٤﴾

81:14 १४) तब त्यसदिन हरेक व्यक्तिले थाहा पाइहाल्नेछ कि उसले के लिएर आएको छ ।

فَلَآ أُقْسِمُ بِٱلْخُنَّسِ ﴿١٥﴾

81:15 १५) म शपथ लिन्छु ती ताराहरूको जो पछि हटिहाल्छन् ।

ٱلْجَوَارِ ٱلْكُنَّسِ ﴿١٦﴾

81:16 १६) र जो घुम्ने र हराइहाल्ने छन् ।

وَٱلَّيْلِ إِذَا عَسْعَسَ ﴿١٧﴾

81:17 १७) र रातको कसम, जब समाप्त हुनथाल्छ ।

وَٱلصُّبْحِ إِذَا تَنَفَّسَ ﴿١٨﴾

81:18 १८) र प्रातःको कसम जब उदय हुनथाल्छ ।

إِنَّهُۥ لَقَوْلُ رَسُولٍ كَرِيمٍ ﴿١٩﴾

81:19 १९) निश्चय नै यो एक आदरणीय सन्देशवाहकले ल्याएको वाणी हो ।

ذِى قُوَّةٍ عِندَ ذِى ٱلْعَرْشِ مَكِينٍ ﴿٢٠﴾

81:20 २०) जो शक्तिवाला छ, सिंहासनको मालिककहाँ जसको उच्च दर्जा छ ।

مُّطَاعٍ ثَمَّ أَمِينٍ ﴿٢١﴾

81:21 २१) जसको आदेश आकाशहरूमा मान्य हुन्छ र जो त्यहाँ विश्वसनीय छ ।

وَمَا صَاحِبُكُم بِمَجْنُونٍ ﴿٢٢﴾

81:22 २२) र (मक्काबासीहरू !) तिम्रो साथी दिवाना होइनन् ।

وَلَقَدْ رَءَاهُ بِٱلْأُفُقِ ٱلْمُبِينِ ﴿٢٣﴾

81:23 २३) उनले यस (फरिश्ता) लाई (आकाशको) खुल्ला (पूर्वी) क्षितिजमा देखेका पनि छन् ।

وَمَا هُوَ عَلَى ٱلْغَيْبِ بِضَنِينٍ ﴿٢٤﴾

81:24 २४) उनी परोक्षको कुरा बताउन कञ्जूस्याइँ पनि गर्दैनन् ।

وَمَا هُوَ بِقَوْلِ شَيْطَـٰنٍ رَّجِيمٍ ﴿٢٥﴾

81:25 २५) र यो कुरआन दुष्ट शैतानको कुरो होइन ।

فَأَيْنَ تَذْهَبُونَ ﴿٢٦﴾

81:26 २६) फेरि तिमी कता गइरहेका छौ ?

إِنْ هُوَ إِلَّا ذِكْرٌ لِّلْعَـٰلَمِينَ ﴿٢٧﴾

81:27 २७) यो त सम्पूर्ण संसारको लागि मार्गदर्शन हो ।

لِمَن شَآءَ مِنكُمْ أَن يَسْتَقِيمَ ﴿٢٨﴾

81:28 २८) खासगरी उसको लागि जो तिमीहरूमध्ये सोझो बाटोमा हिंड्न चाहोस् ।

وَمَا تَشَآءُونَ إِلَّآ أَن يَشَآءَ ٱللَّهُ رَبُّ ٱلْعَـٰلَمِينَ ﴿٢٩﴾

81:29 २९) र तिमीले विश्वको पालनकर्ताले नचाहिकन केही पनि चाहन सक्दैनौ ।

Do you really know Surah At-Takwir by heart?

A short test shows exactly where you slip. No sign-up, free.

Start the test

Hear Surah At-Takwir from all 90 reciters →